सफ्टवेयरद्‌वारा अपराधको खोज


अनेक कानुन, अनेक साक्षी, धेरै संख्यामा कर्मचारीहरु हुँदा हुँदै पनि दिन-प्रतिदिन बढ्दै गइरहेको अपराधहरुमा नियन्त्रण पाउन ठूला-ठूला संगठन हरुलाई दुष्कर हुन गएको छ । असामाजिक शक्तिहरु अब सूचना प्रविधिको उपयोग गरेर चुनौती दिदै छन् र यो समस्या जटिल हुँदै गइरहेको छ। यस पृष्ठभूमिमा, छिटो भन्दा छिटो अपराधहरुको जाँच गरेर, त्यसको समाधान पत्ता लगाउने उद्देश्यले, पुलिस एवम् रक्षा शाखाहरुको लागि विश्व विख्यात सफ्टवेयर संस्था माइक्रोसफ्टले एक नयाँ सफ्टवेयर विकसित गरेको छ।

माइक्रोसफ्टद्‌वारा विकसित…
किनकि अपराधी अन्तर्राष्ट्रीय स्तरमा नेटवर्क स्थापित गरेर तिब्र गतिमा अघि बढिरहेका छन्, अतः उनीहरुको संचालनमा सख्त निगरानी राख्न र उनीहरुको योजनाको ’boutमा पूर्वानुमान गरेर उनीहरुलाई रोक्नको लागि पुलिस कर्मिहरुलाई विभिन्न विषयमा स्थानीय एवम् अन्तर्राष्ट्रीय स्तरको ज्ञानको आवश्यकता छ। तब मात्र उनीहरुले विभिन्न क्षेत्र र स्तरमा हुने गरेका अपराधहरुलाई रोक्न सक्छन्। खास गरेर नक्कली मुद्रा, ठूला-ठूला कम्पनीका डाटाको चोरी जस्ता मामीलाका समाधानको लागि पुलिस कर्मिहरुलाई पनि सफ्टवेयरको धेरै-थोरै ज्ञान हुनु आवश्यक छ। नेपाल सरकारले यस आवश्यकताको पहिचान गर्न सकिरहेको छैन र पुलिस कर्मिहरुलाई उच्च स्तरको कम्प्युटर-ज्ञान दिलाउन पनि सकिरहेको छैन। यदि यसको ज्ञान दिन सक्ने हो भने यस अन्तर्गत कम्प्युटरद्‌वारा विभिन्न मामिलाहरुको जाँच गराउने योजना तैयार गर्नको साथ-साथै अपराधको जाँचको लागि माइक्रोसफ्टद्‌वारा विकसित सफ्टवेयरको उपयोग गर्न सकिन्छ।

नेटवर्क द्‌वारा…
यो सफ्टवेयर खुदै पुलिस कर्मिहरुद्‌वारा पनि गरिने अपराध जाँचको प्रक्रियालाई डिजिटलाइज गरेर राख्नको लागि माइक्रोसफ्टद्‌वारा “सीन अफ क्राइम” नामक अनुप्रयोगको विकास गरिएको हो। यसद्वारा प्राथमिकी (एफआईआर) को पुरै जानकारी कम्प्युटरमा बचाएर राख्न सकिन्छ। यति मात्र नभएर, तिथि र वर्ष आदिको अनुसार, देशको कुनै पनि कुनामा स्थित पुलिस स्टेशनबाट अपराधिहरु सम्बन्धित अपराधीको सूचना पलभरमा प्राप्त गर्न पनि सकिन्छ। यसको लागि विभिन्न पुलीस स्टेशनहरुलाई नेटवर्कद्‌वारा जोड्नुपर्छ।

सम्पूर्ण रिपोर्ट…
माइक्रोसफ्टद्‌वारा उपलब्ध गराइने यस सफ्टवेयरमा अपराधिहरुको विगत इतिहास, उनीहरुको स्वभाव, पीडित र साक्षीहरुको विवरण, अपराध तथा घटना-स्थल सम्बन्धि फोटो, भिडियो, निशाना सम्बन्धी समाचार डिजिटल रूपमा राख्न पनि सकिन्छ। अदालतमा सुनवाईको अवसरमा यी विवरणहरु सजिलै प्राप्त गर्न पनि सकिन्छ। यसको आधारमा सम्पूर्ण रिपोर्ट शीघ्र तैयार गर्न अधिकारीहरुलाई सजिलो हुन्छ। यस प्रकार, जिल्ला र क्षेत्रस्तरको रिपोर्ट सम्बन्धित डाटालाई मिलाएर, राष्ट्रीय एवम् अन्तर्राष्ट्रीय स्तरमा समाचार केन्द्रको रूपमा यसको उपयोग गर्न सकिन्छ। खास गरेर, अन्तर्राष्ट्रीय स्तरमा विभिन्न देशहरुको बीच अपराधीहरु सुम्पने खालको प्रक्रियालाई सहज बनाउने दिशामा अगाडी बढ्न र अपराधको जाँच प्रक्रियालाई सुव्यवस्थित गर्नको लागि माइक्रोसफ्टको यो अनुप्रयोग पुलिस र रक्षा शाखाहरुको लागि अति उपयोगी हुन्छ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: