डि.एन.ए. कम्प्युटर


तपाईहरु यो लेख पढेर पनि विश्वास गर्नु हुनेछैन, कि वैज्ञानिकहरुले एउटा यस्तो वस्तु पत्ता लगाएका छन् जसको प्रयोग आउने पुस्ताको माइक्रो प्रोसेसरमा गरिने छ। त्यो हो, डि.एन.ए. (Deoxyribonucleic acid) जसमा अहिलेका सिलिकन कम्प्युटरमाभन्दा लाखौं गुणा छिटो काम गर्ने शक्ति हुन्छ। कम्प्युटर र चिप्समा डि.एन.ए. को प्रयोगले एउटा नयाँ कम्प्युटर युगको थालनी हुन्छ। जसलाई बायोचिप्स नामाकरण गरिएको छ। डि.एन.ए. मोलिक्यूल्सहरु असजिला गणितिय समस्याहरु समाधान गर्न प्रयोगमा ळ्याइसकिएको छ। वैज्ञानिकहरु न्यानो कम्प्युटरको निर्माणको लागि जीन प्रयोग गरिरहेका छन्, जसले आउने शताब्दीमा सिलिकन कम्प्युटरको ठाउँ लिने विश्वास लिइएको छ।
हाल डि.एन.ए. कम्प्युटर तपाईको इलेक्ट्रोनिक स्टोरमा पाइँदैन। यो प्रविधि हाल विकासको क्रममा रहेको छ। इ.सं. १९९४ मा लियोनार्ड एडलम्यानले यसको परिचय गराएका थिए। एडलम्यान साउथन विश्वविधालयका कम्प्युटर वैज्ञानिक हुन्। “मोलिक्यूलर वायोलोजी अफ द जीन” पुस्तकको अध्ययनबाट डि.एन.ए. मा गणितीय समस्या हल गर्न सक्ने कुरा पत्ता लगाएका हुन्।
एडलम्यान नै डि.एन.ए. कम्प्युटरका प्रतिपादक हुन्। उनको इ.सं. १९९४ मा प्रकाशित लेख मार्फत डि.एन.ए. कम्प्युटरले कसरी गणितीय समस्या हल गर्न सकिन्छ भन्ने कुरा प्रमाणित गरेका थिए। डि.एन.ए. कम्प्युटर सिलिकन कम्प्युटरभन्दा स्पिडमा लाखौं गुणा अगाडि छ। डि.एन.ए. कम्प्युटरको प्रमुख लक्ष्य भनेको यसलाई बिना मान्छे चलाउने कुराको विकास गर्नु हो।
एडलम्यानको तीन वर्षसम्मको अनुभवपश्चात रोचेष्टर विश्वविधालयका रिसर्चहरुद्वारा डि.एन.ए. लजिक गेट्सको विकास गरे। लजिक गेट्सको विकास गरे। लजिक गेट्सहरु कम्प्युटरका प्रमुख अंग मानिन्छन्। जसले हामीले पास गरेका प्रकार्यहरु निश्चित ठाउँमा पुर्याउने काम गर्दछ। गेट्सहरुले नै बाइनरी कोडलाई सिग्नलमा परिवर्तन गर्ने गर्दछ।
रोचेष्टर विश्वविधालयको टिमले डि.एन.ए. लजिक गेट्सहरु नै डि.एन.ए. कम्प्युटर निमार्णतर्फको पहिलो पाइला हो। डि.एन.ए. गेट्सहरु डि.एन.ए. कोडमा भर पर्दछ। लजिकल अपरेशनको लागि डि.एन.ए. कोडको प्रयोग गरिएको छ। डि.एन.ए. कम्प्युटरका कम्पोनेन्टहरु लजिक गेट्स र वायो चिप्स हुन्। पूर्ण रूपमा काम गर्ने डि.एन.ए. कम्प्युटर निर्माण गर्न अझ वर्षौ लाग्ने अनुमान गरिएको छ।
हाल सञ्चालित कम्प्युटरहरु वैज्ञानिक मुरीको सिद्धान्तको आधारमा निर्माण गरिएका हुन्छन्। डि.एन.ए. कम्प्युटरका धेरै नै फाइदाहरु छन्। जस मध्ये केहि यस प्रकार छन्:
 ड डि.एन.ए. कम्प्युटर सिलिकन कम्प्युटरभन्दा सानो हुन्छ।
 डि.एन.ए. को प्रयोगले कम्प्युटरको क्रय मुल्य सस्तो हुन्छ।
 डि.एन.ए. कम्प्युटरले लाखौं लाख गुणा छिटो र धेरै लगत भण्डारण गर्न सक्छ।
 एक पाउण्ड डि.एन.ए. ले अहिलेसम्मै निर्माण गरिएका सिलिकन कम्प्युटरकोभन्दा धेरै लगत भन्डारण गर्ने क्षमता हुन्छ।
 एक थोपा डि.एन.ए. प्रयोग गरेर निर्माण गरिएको कम्प्युटरको क्षमता सुपर कम्प्युटरकोभन्दा बढि हुन्छ।
 १० ट्रिलियनभन्दा धेरै डि.एन.ए. मात्र १ कुविक सेन्टिमिटरमा फिट हुन्छ भने यसले १० टेरा बाइट्ससम्मको लगत होल्ड गर्न सक्छ।
पहिलो डि.एन.ए. कम्प्युटरमा वर्ड प्रोसेसिङ्, ई-मेल र सोलिटायर समावेश गरिने भएको छ। डि.एन.ए. को निरन्तर सोधखोज र अध्ययनबाट सबैभन्दा जटिल कम्प्युटर मानव दिमाग बुझ्न सकिने विश्वास गरिएको छ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

%d bloggers like this: