डिजिटल उत्पादनको प्रयोगबाट बदलिदैं गरेको जीवनशैली


हिजोसम्म सानो तिनो कुराहरुको लागि पनि कागजमा लिखित लेखा-जोखा र मानवीय परिश्रममा ज्यादा आधारित रहेको नेपाली जीवन शैलीमा डिजिटल उत्पादनको प्रयोगले अनेक परिवर्तन ल्याएको छ। ठूला र साना शहरका बासिन्दाको लागि सूचना प्रविधिको थोरै-धेरै मात्रामा उपलब्ध छ, तर गाउँहरुको स्थिति दयनीय थियो। अब डिजिटल उत्पादनको उपलब्धता र प्रयोगको सम्बन्धमा गाउँ र शहरको बीचको अन्तर लुप्त भयो र समाजको सबै वर्गको जनताको लागि आधुनिक कम्प्युटर प्रविधिको उपलब्धताको कारणले, सबै वर्गको जनताको, विभिन्न क्षेत्रमा, एक साथ प्रगति देखिरहेको छ। यससँग सम्बन्धित सबै विषयमा दृश्टि गर्नेछौं।

चित्रहरुमा सृजनात्मकता…
पुरानो जमानामा फोटोग्राफरीको दयनीय स्थिति थियो। आफ्नो मैनुअल क्यामेरामा रील भर्ने, विकसित गर्नको लागि उसको नजिकको शहरमा पठाउने, यदि त्यो ठीक नभएमा दुखी हुने, यस्तो कति दु:ख भोग्नु पर्यो । डिजिटल क्यामेराको आगमनले अब परिस्थितिमा सम्पूर्ण परिवर्तन आएको छ । डिजिटल क्यामेराको लागि रीलको आवश्यकता छैन। खिचिएको तस्वीर ठीक-ठाक छ या छैन, त्यसलाई त्यहि समयमा हेर्ने सुविधा उपलब्ध भएको छ । क्यामेरामा प्रकाशको समायोजन गर्न सकिन्छ। तस्वीरहरुको लागि सुन्दर पृष्टभूमी पनि क्यामेरामा उपलब्ध हुन्छ। तस्वीरहरुलाई डिजिटल क्यामेरा अथवा क्यामेराको सुविधा युक्त मोबाइल फोनबाट कम्प्युटरमा डाउनलोड गरेर त्यसलाई अझै सृजनात्मक ढंगबाट उपलब्ध गराउन सकिन्छ। विशेषतः माइक्रोसफ्ट संस्थाको विन्डोज एक्सपी, विन्डोज भिष्टाको सञ्चालन व्यवस्थामा फोटोग्राफीको लागि अत्यन्त उपयुक्त डिजिटल इमेजिङ्को सुविधा छ, जसबाट तस्विरहरुको अपेक्षाकृत शीघ्र र सुन्टर रूपमा प्राप्त गर्ने को साथ-साथै, जहाँ मन छ त्यहाँ ई-मेलद्‌वारा पठाउन सकिन्छ। तत्काल यसको मुद्रण गर्न पनि सकिन्छ। किनकि यसको प्रयोग गर्न सजिलो छ। प्रख्यात समाचार संस्थाहरुको गाउँ स्तरमा काम गर्न फोटोग्राफरको लागि यो अत्यन्त सुविधाजनक छ।

समाचार संग्रहण…
नयाँ समाचार संग्रहित गरेर, आफ्नो श्रोताहरुको र दर्शकहरुको नयाँ-नयाँ अनुभूतिहरु प्रदान गर्न मा आपसी प्रतिस्पर्धामा तल्लीन भएर टि.भी. च्यानल र एफ.एम. रेडियो संस्थाहरु ठूलो सख्यामा काम रहेको छ। युवा पीढी समेत र सबै वर्गहरुलाई आकर्षित गरेको यस सूचना क्रान्तिको प्रारम्भ मीडिया संस्थाहरुको सूचना संग्रहण कर्मचारीहरुले गरे, जसको हाथमा, जेबमा अट्ने खालको भ्वाइस रिकर्डर, भिडियो रिकार्डिङ् सुविधा-युक्त डिजिटल क्यामेरा अति उपयोगी छ। कहीं दूरस्थ क्षेत्रमा हुने गरेको धटनाहरुको भ्वाइस रिकर्डर र डिजिटल क्यामेराको सहायताबाट पत्रकार द्रुत गतिमा आफ्नो केन्द्रमा पुर्याइरहेका छन्। शीघ्रताको साथ-साथै गुणमा पनि डिजिटल उत्पादनको महत्वपूर्ण भूमिका छ। समय-समयमा बजारमा विमोचित हुने डिजिटल उत्पादनको अनुरूप माइक्रोसफ्ट जस्तो अग्रश्रेणीको सफ्टवेयर संस्था आफ्नो संचालन व्यवस्था र अन्य सफ्टवेयर उत्पादन लाई सुधार गरेर डिजिटल कम्प्युटिङ्लाई बढावा दिई रहेका छन।

नवीन अनुभूति दिने पेन-ड्राइव…
पेन-ड्राइभको विभिन्न प्रकारको उपयोगको ’boutमा जान्दा आश्चर्य हुन सक्छ। करीब पाँच सय रुपैयाको दरमा उपलब्ध हुने पेन-ड्राइवमा दरको अनुसार अनेक सुविधा हुन्छ। एमपी4 प्लेयर, केहि घण्टासम्मको भ्वाइस रेकर्डिंङ्, फाइलहरुलाई बचाएर राख्नको लागि पर्याप्त खाली ठाउँ… अनेक सुविधाहरु अंगुठा-मात्रको परिमाणको पेन-ड्राइवमा उपलब्ध भएको कारणले केहि सेकेण्ड या मिनटमै सूचना-संग्रहण तथा त्यसबाट पठाउने प्रक्रिया सम्पन्न हुन्छ । आजको युवा-पीढोको फैशनको जीवनशैली प्रतीक भएको छ पेन-ड्राइभ। भर्खर-भर्खर यो सुविधा साना शहरमा र गाउँहरुमा पनि उपलब्ध हुन थालेको छ।

डिजिटल उत्पादनको प्रयोगको सम्बन्धमा विनिर्माताहरुले अनलाइन प्रशिक्षणको सुविधा उपलब्ध गराउने साथ-साथै त्यससँग सम्बन्धित विषयमा क्षेत्रीय भाषाहरुमा दिने प्रबन्ध मिलाउने काम गरिरहेका छन्, जसलाई हामी उत्साहवर्धक मान्न सकिन्छ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )

%d bloggers like this: